arrow

केपी ओली कपको फाइनलको मध्यान्तरसम्म मछिन्द्र अगाडि, दबाबमा आर्मी  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
buffon-kp-oli.jpg

काठमाडौँ । केपी ओली कप फुटबलको फाइनल खेल अहिले भइरहेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिडिरहेका छन् । 

मध्यान्तरसम्म मछिन्द्र अगाडि रहेको छ । १–० ले पछि परेको आर्मी दबाबमा रहेको छ । खेलको २९ मिनेटमा मछिन्द्रले अग्रता लिएको हो ।

मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 

त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोन रहेका छन् । उनी आइतबार नै काठमाडौँ आइपुगेका हुन् । 

बुफोनले खेलअघि दर्शकलाई सम्बोधन गर्दै नेपाली फुटबल पनि विश्वकपमा पुग्न सक्ने बताए । उनले फुटबल एक्लैले खेल्ने खेल नभएकाले सबै मिलेर नै अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ