arrow

कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न केपीलाई विद्याको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
bidhya-11-19.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । सोमबार काठमाडौंमा ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन् । 

उनले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिकाको सराहना गरिन् । कम्युनिष्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने बताइन् । 

बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् । 

पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्छ । बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन । किनभने यस पार्टीसँग जनआधारित, अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यहरूको व्यापकतम विस्तारित पङ्क्ति अनुभवी, संयमित र दृढ संकल्पित नेतृत्व तह र समृद्धि हाँसिलमा मार्ग दर्शन गर्ने अनुबन्धित मौलिक सिद्धान्त छ । मुलुकको राजनीति, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनुभएको पार्टी नेकपा एमालेको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । अध्यक्ष ओलीले नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिककरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु । भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उनबाट ठूलो योगदान पुग्ने नै छ ।’

पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्न द्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक भएको बताए । प्रधानमन्त्री ओली लोकप्रिय राजनेता भएको बताइन् । आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी प्रधानमन्त्री ओलीमा रहेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ