arrow

रहिनन् पत्रकार मोहिनी मिश्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
mohini-mishra.jpg

काठमाडौँ । पत्रकार मोहिनी मिश्रको निधन भएको छ । मिश्रको ५६ वर्षका उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको हो । 

ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

उनी विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित थिक्षन् । मिश्रका एक छोरा छन् । उनी राष्ट्रिय समाचार समिति (रासस) को पूर्व वरिष्ठ सम्पादक हुन् । 

नेपाल प्रेस युनियन रासस शाखाको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकास लिएकी थिइन् । 

उनले राससमा दुईदशकभन्दा वढी सेवा गरेकी थिइन् । आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ