केपी ओली कपको फाइनलमा आर्मी र मछिन्द्र भिड्दै, लिजेन्ड बुफोनको विशेष उपस्थिति
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
804
Shares
तस्बिर – फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोन हुने।
काठमाडौँ । केपी ओली कप फुटबलको आज फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोन हुनेछन् । उनी आइतबार नै काठमाडौँ आइपुगेका छन् ।
आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगीतिक प्रस्तुतिसमेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।