arrow

राजविराज बन्द आह्वान खुल्यो , पालिकाले ६८ बिघा जग्गाको लालपुर्जा नदिएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
rajbiraj-banda-pidit.jpg

राजविराज । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै आइतबार राजविराज बन्द गरियो ।

राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो । औषधि पसलबाहेक सबै पसल बन्द गराएको संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए । आइतबार दिउँसो १ बजेसम्मका लागि गरिएको बजार बन्द त्यसपछि खुलेको छ । 

संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोवास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ