arrow

केपी ओली कपको उपाधिका लागि मछिन्द्र र आर्मीबीच भिडन्त, केपी ओली एफसी बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
kpolicup-2081-11-17.jpg

काठमाडौँ । मछिन्द्र क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो । 

मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल गरेका थिए भने मनिष डागी र रोशन रानाले एक एक गोल गरेका थिए ।

अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ