प्रधानमन्त्री ओलीलाई बालेनको अर्को कटाक्ष – मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले फेरि एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेँको मान्छे ! मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !!‘
बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि–स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोपसमेत लगाउदै आएका छन् ।