arrow

कार्यवाहक राष्ट्रपतिको न्यायाधीश नियुक्ति दक्षिण कोरियाको अदालतले गर्‍यो असंवैधानिक ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
yun-huk-sk.jpg

सोल । दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीवार सर्वसम्मतिले कार्यवाहक राष्ट्रपति चोई साङ–मोकको संवैधानिक अदालतको न्यायाधीश नियुक्ति असंवैधानिक भएको फैसला सुनाएको छ । 

अदालतले माथिल्लो सदनले अनुमोदन गरेका न्याय उम्मेदवार मा युन–ह्युकको नियुक्ति संविधान अन्तर्गत संसदले दिएको अधिकारको उल्लंघन भएको बताएको हो । 

राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सू दुवैको महाभियोगपछि कार्यवाहक राष्ट्रपति बनेकी अर्थ तथा अर्थमन्त्री चोई साङ–मोकले नियुक्ति अस्वीकार गर्दै नौ सदस्यीय बेन्चमा एक न्यायाधीशको नियुक्ति गरेका थिए । 

गत वर्ष डिसेम्बरमा राष्ट्रिय सभाले तीन न्यायाधीशको नियुक्तिको लागि मतदान गर्यो । जसमध्ये दुई जना मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीले मनोनित गरेका थिए । 

एक जना सत्तारुढ पिपुल पावर पार्टीले गरेको थियो । तीन न्यायाधीशको नियुक्ति राष्ट्रपतिले औपचारिक रूपमा अनुमोदन गर्नुपर्ने थियो । 

तर चोईले डेमोक्र्याटिक पार्टीले सिफारिस गरेको मालाई नियुक्ति गर्न अस्वीकार गरे । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ