arrow

डोर्गुले रातो कार्ड खाएको खेलमा म्यानयु विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
manutd-win-25-2-26.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले इप्सिच टाउनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानयुको जितमा माथिस डी लाइट र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए भने एक गोल इप्सविच टाउनका साम मोर्सीले आत्मघाती गोल गरेका थिए । त्यस्तै इप्सविचका लागि जाडेन फिलोगेनले दुवै गोल गरेका थिए ।

त्यस्तै यस खेलमा प्याट्रिक डोर्गुले खेलको ४३ औँ मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ३३ अंक भएको छ र लिगमा १४औँ स्थानमा रहेको छ । यस्तै इप्सविचको २७ खेलमा १७ अंक रहेको छ र लिगमा १८औँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ