आर्सनल बराबरीमा रोकिँदा लिभरपुलको उपाधि यात्रा सहज बन्दै
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
599
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूकासल युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले न्यूकासललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको प्रिमियर लिगमा २८ खेलमा ६७ अंक भएको छ र लिगको शीर्ष स्थानमा रहेको छ । त्यसैगरी न्यूकासल २७ खेलमा ४४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
यता दोस्रो स्थानको आर्सनल भने नटिङ्घम फरेस्टसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीले आर्सनलबाट उपाधि टाढिएको आँकलन गर्न थालिएको छ । आर्सनल लिभरपुलसँग १३ अंकले पछि परेको छ ।