arrow

क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेशन शो सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
jwellery-fashion-2025.jpg

काठमाडौँ । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेशन शो (टीपीजेएफएस) काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेशन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौँ सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो । 

देशभरबाट छानिएका प्रतियोगिमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन् । विजेताहरुले नगद पुरस्कारसहित एक बर्षका लागि ‘क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् ।

फेसन शोमा विजेताहरुको क्राउनिंग सेरेमोनि पनि भएको थियो । क्राउनिंग सेरेमोनिपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढी अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्याम्पमा वाक गरेका थिए । 

उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त शो-स्टपर रहेकी थिइन् । दत्तले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । साथै उनले क्लासिक डाइमण्ड तथा नेपालका बारेमा पनि आफनो विचार ब्यक्त गरेकी थिइन् । 

यसैगरी मंगलबारदेखि क्लासिक डाइमण्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन गर्ने भएको छ । एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा आयोजना हुनेछ । 

उक्त अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले आफनो इतिहासमा नै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । 

साथै उक्त अवसरमा इलाइट कलेक्सन अन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ