arrow

महिला च्याम्पियनशिप फाइनल

नेपाल १३ औँ पटक चुक्यो उपाधि जित्न, फाइनलमा म्यानमारसँग पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
nep-myan-final-25-2-26.jpg

काठमाडौँ । नेपाल फेरि अर्को अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा उपाधि जित्नबाट चुकेको छ । दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा बुधबार म्यानमारसँग पराजित भएसँगै नेपाल उपाधि जित्नबाट चुकेको हो । 

नेपाल म्यानमारसँग २–० ले पराजित भयो । नेपालले दुई मिनेटमा दुई गोल खाएसँगै २–० ले पराजित भएको हो ।

खेलको ६२ औँ मिनेटमा नेपालले पहिलो गोल खायो भने ६४ औँ मिनेटमा अर्को गोल खायो । 

यसअघि नेपालले लगातार आक्रमण गरेको भए पनि आधा दर्जन गोल गर्ने अवसर खेर फालेको थियो । 

नेपाल अहिलेसम्म १३ पटक उपविजेता भएको छ । सन् १९८२ देखि निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेलेको महिला टिमले एक पटक पनि उपाधि जित्न सकेको छैन । 

नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३ औँ फाइनलमा पनि हार बेहोरेको हो । 

यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियशिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पदकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।   

नेपाल साफ च्याम्पियनशिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो ।

त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यानमारसँग पराजित भएको थियो । 

त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनशिपमा म्यानमारसँग पराजित भएको हो ।

यो प्रतियोगितामा कीर्गिस्तान र लेबननसमेत रहेका थिए । दुवै टिमलाई पराजित गर्दै नेपाल र म्यानमार फाइनलमा पुगेका थिए । 

लिग चरणमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका थिए । सो बराबरीका कारण नेपालको मनोबल बढेको भए पनि फिता वरीयतामा दोब्बर संख्याले पछाडि रहेको नेपालले फाइनलमा भने हार बेहोर्नु पर्यो । 

म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ । 

दुई टिमबीच आपसमा ६ खेल भएकामा ४ खेल म्यानमारले जितेको छ भने २ खेलमा बराबरी भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ