arrow

महिला च्याम्पियनशिप फाइनल

म्यानमारले दुई मिनेटमा दुई गोल गर्दा नेपाल पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
nep-myan-25-2-26.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् । दशरथ रंगशालाको मैदानमा भइरहेको खेलमा नेपालले दुई मिनेटमा दुई गोल खाएसँगै २–० ले पछि परेको छ । खेलको ६२ औँ मिनेटमा नेपालले पहिलो गोल खायो भने ६४ औँ मिनेटमा अर्को गोल खायो । 

यसअघि नेपालले लगातार आक्रमण गरेको भए पनि आधा दर्जन गोल गर्ने अवसर खेर फालेको थियो । 

यो खेल जितेर नेपाल इतिहास रच्न आतुर देखिए पनि पछि पर्दा भने समस्या भएको छ ।

यसअघि मध्यान्तरसम्म गोलरहित बराबरीमा खेल सकिएको थियो ।

नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको छैन । 

कीर्गिस्तान र लेबननसमेत रहेको प्रतियोगिताबाट दुवै टिम भने शीर्ष दुईमा पर्न नसक्दा फाइनल सम्भावनाबाट बाहिरिएका थिए । 

नेपाल र म्यानमारले दुवै टिमलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् । लिग चरणमा दुवै टिमले आपसमा २–२ गोलको बराबरी खेलेका थिए । 

सो बराबरीका कारण नेपालको मनोबल बढेको छ । म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ । 

दुई टिमबी आपसमा ५ खेल भएकामा ३ खेल म्यानमारले जितेको थियो भने २ खेलमा बराबरी भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ