arrow

म्यानमारविरुद्ध शुरुआतमा मैदानमा उत्रने यी हुन् नेपाली खेलाडीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
nepal-myanmar-trophy-25.jpg

काठमाडौँ  । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिशिप फुटबल अन्तर्गतको म्यानमारविरुद्ध फाइनल खेलको नेपाली लाइन अप सार्वजनिक गरिएको छ ।

आजको खेलमा सावित्रा भण्डारी साम्बा, सविता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् । नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।

साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् । उक्त खेलका लागि टिकट सबै बिक्री भएको छ । उक्त फाइनलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

फिफा वरियतामा ५५ औँ स्थानमा रहेको बलियो टिम म्यानमारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

नेपाल फिफाको १०३ औँ वरीयतामा रहेको छ । लिग चरणमा दुवै टिमले २–२ को बराबरी खेलेका थिए । चार ओटै गोल मध्यान्तरअघि नै भएका थिए । 

यो खेलका लागि दर्शक पूरै भरिएका छन् । दर्शकहरु चार घण्टा अगाडिदेखि नै रंगशालामा आएका थिए । आज महाशिवरात्रिको सार्वजनिक बिदा भएका कारण पनि दर्शकको ओइरो लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ