नेपाल र म्यानमारबीचको खेल साँझ ६ बजेदेखि, रंगशाला दर्शकले भरिभराउ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
677
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेल साँझ ६ बजेदेखि हुँदैछ । उक्त खेलका लागि टिकट सबै बिक्री भएको छ । साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् ।
उक्त फाइनलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फिफा वरियतामा ५५ औँ स्थानमा रहेको बलियो टिम म्यानमारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।
नेपाल फिफाको १०३ औँ वरीयतामा रहेको छ । लिग चरणमा दुवै टिमले २–२ को बराबरी खेलेका थिए । चार ओटै गोल मध्यान्तरअघि नै भएका थिए ।
यो खेलका लागि दर्शक पूरै भरिएका छन् । दर्शकहरु चार घण्टा अगाडिदेखि नै रंगशालामा आएका थिए । आज महाशिवरात्रिको सार्वजनिक बिदा भएका कारण पनि दर्शकको ओइरो लागेको हो ।