नेपाल र म्यानमारबीचको खेलको टिकट सबै बिक्री, दर्शक चार घण्टाअघिदेखि रंगशालामा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
827
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट सबै बिक्री भएको छ । दर्शक खेल शुरु हुनु चार घण्टाअघिदेखि नै दशरथ रंगशालामा पुगिसकेको जनाइएको छ ।
साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् । उक्त फाइनलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
फिफा वरियतामा ५५ औँ स्थानमा रहेको बलियो टिम म्यानमारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।
नेपाल फिफाको १०३ औँ वरीयतामा रहेको छ ।
लिग चरणमा दुवै टिमले २–२ को बराबरी खेलेका थिए । चार ओटै गोल मध्यान्तरअघि नै भएका थिए ।
नेपालले अहिलेसम्म उपाधि नजितेकाले यो खेल उपाधिका लागि निकै महत्वपूर्ण रहेको छ ।