arrow

कारोबार बढेको दिन नेप्सेमा सामान्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा रोकिएको छ । 

आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन् ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो भने नेपाल ल्युब आयलको शेयर ९.९७ प्रतिशतल बढ्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.९६ प्रतिशतल बढेको छ ।

त्यसैगरी आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै नेपाल रिइन्स्योरेन्सको ८३ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट २९ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपेन्टको २७ करोड र सीईडीबी होल्डिंक्सको २४ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ