arrow

माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
Kaski_District.png

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटमा सडक खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ (साविक आगिन्चोक गाविक वडा नं ८ सुनपोखरी) का अन्दाजी ३१ बर्षीय नवीन बस्नेत छन् ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आज बिहान करिब ८ बजे उक्त घटना भएको हो ।

सडकका लागि भित्तो काट्ने क्रममा माथिबाट ढिस्को खस्दा पुरिएर बस्नेत गम्भीर घाइते भएका थिए ।

उनलाई उद्दार गरी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा करिब ९ः३० बजे मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

मृतक बस्नेतको श्रीमती र एक छोरी रहेको बताइएको छ । उनी तीन भाइमध्ये माइला हुन् । उनका बयोवृद्ध आमा छन् भने बुबाको धेरै अघि निधन भइसकेको छ । उनी पछिल्लो समय धादिङ नीलकण्ठ नगरपालिका वडा नं ८ मा बस्दै आएका थिए ।

घटनालगत्तै प्रहरीले आफन्तजनलाई खबर गरेपछि मृतकका दाइ होमबहादुर बस्नेत र अन्य आफन्तजन पोखरा आउँदै गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ