क्षयरोगको शंकामा शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पताल भर्ना
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
983
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छिन् ।
घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई क्षयरोग भएको शंका गरिएको छ ।
मन्त्री भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार क्षयरोगको शंकामा थप परीक्षण भइरहेको छ । मंगलबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिनयता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।