arrow

च्याम्पियन्स ट्रफीबाट बंगलादेशको हारले पाकिस्तान बाहिरियो, भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
rachin-rabindra-century.jpg

काठमाडौँ । न्यूजिल्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेपछि जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र न्यूजिल्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेका छन् ।

बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

न्यूजिल्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए । त्यस्तै डेभोन कोनवे ले ३० र ग्लेन फिलिपले अविजित २१ रन बनाएका थिए ।

यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । 

बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्वाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए । 

त्यसैगरी न्यूजिल्याण्डका बलर माइकल ब्रसवेलले २६ रन खर्चेर ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक एक विकेट लिएका थिए ।

यो जितपछि समुह ए बाट न्यूजिल्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् । अब समूह ए अन्तर्गत भारत र न्यूजिल्याण्ड तथा पाकिस्तान र बंगलादेशले आआफ्नो अन्तिम खेल खेल्ने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ