arrow

भुटानी क्लब झापा गोल्डकपको सेमिफाइनलमा, सशस्त्र बाहिरियो

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ फागुन १२ सोमबार
jhapa-goldcup-81-11-12.jpg

झापा । भुटानको ट्रान्सपोर्ट युनाइटेड दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

सोमबार भएको अन्तिम  क्वार्र्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३–२ ले पराजित गर्दै भुटानी पाहुना टोली  झापा गोल्डकपको  सेमिफाइनलमा प्रवेश गरेको हो ।

योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा भुटानी टोलीले झापा ११ सँग फागुन १४ गते बुधबार खेल्नेछ । 

पहिलो सेमिफाइनलमा मंगलबार आयोजक भद्रपुर ब्लेजर र बंगलादेशको काउरन बजार खेल्नेछन् । दुवै सेमिफाइनलमा खेलहरु दिउँसो २ः३० बजे शुरु हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ