-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापा । भुटानको ट्रान्सपोर्ट युनाइटेड दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सोमबार भएको अन्तिम क्वार्र्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३–२ ले पराजित गर्दै भुटानी पाहुना टोली झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा भुटानी टोलीले झापा ११ सँग फागुन १४ गते बुधबार खेल्नेछ ।
पहिलो सेमिफाइनलमा मंगलबार आयोजक भद्रपुर ब्लेजर र बंगलादेशको काउरन बजार खेल्नेछन् । दुवै सेमिफाइनलमा खेलहरु दिउँसो २ः३० बजे शुरु हुनेछन् ।