arrow

तोशिमाले आरोप – स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
toshima-karki-81-11-12.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा तोशिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिँदैन भन्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वास्थ्य बीमा आफूहरुले ल्याएको हो भन्ने तर अहिले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्न खोजेको आरोप लगाएकी छिन् ।

उनले भनेकी छिन्, ‘अनिवार्य रुपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरौँ र यसको शुरुआत मन्त्री र मन्त्रीको सचिवालयबाट शुरु गरौँ । देश भरका २ करोड ९१ लाखले स्वास्थ्य बीमा गर्ने हो भने वर्षमा २० अर्ब रकम उठ्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ