टाटाको ईभीमा ग्राहकको आकर्षण, एकैदिन नेपालमा तीन नयाँ गाडी सार्वजनिक [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
684
Shares
काठमाडौँ । टाटा गाडीको ईभीले नेपालमा बलियो उपस्थिति जनाएको छ । सात हजार एक सय भन्दा बढी गाडी बिक्री गरिसकेको टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एकैदिन तीन ओटा ईभी गाडी सार्वजनिक गरेर दरिलो उपस्थिति जनाएको हो ।
जसमा कर्भ, टियागो ईभीको नयाँ मोडेल र नेक्सन के थ्री रहेका छन् । कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
टाटा टियागो ईभीको नयाँ मोडेलको मूल्य २७ लाख ४९ हजारदेखि शुरु हुनेछ । नेक्सन के थ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । नेक्सनको मूल्य भने छोटो समयका लागिमात्रै यो मूल्य राखिएको भन्दै समयमै फाइदा उठाउन सिप्रदीले उपभोक्तालाई आग्रहसमेत गरेको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड यश खन्डेलवालले आइतबार राति काठमाडौँका सोल्टी होटलमा भव्य समारोहबीच गाडी सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रममा आएका अतिथिहरुको सक्रिय सहभागीता र परर्र बजेका तालीले पनि गाडी लोभलाग्दा भएको स्पष्टै बुझ्न सकिन्छ ।
यी गाडीहरुको टेष्ट ड्राइभपछि लिइएको अनुभव पनि भिडियोमा देखाइएको थियो । जसमा गाडीहरु हरेक हिसाबले नेपाली सडकमा उत्कृष्ट भएको दाबी गरिएको थियो ।
टाटाले सबैभन्दा पछि भित्र्याएको ईभी गाडी हो कर्भ । सिप्रदीले दुई साता अघिमात्रै टेस्ट ड्राइभका लागि सीमित संख्यामा कर्भ इभी भित्र्याएको थियो । सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले कर्भ ईभीले डिजाइन, सेफ्टी फिचर, साउन्ड सिस्टम, प्रिमियम इन्टेरियर, युजर फ्रेन्ड्ली प्रविधि, पावरट्रेन जस्ता फिचरका कारण राम्रो बजार लिने विश्वास व्यक्त गरे ।
श्रेष्ठले भने, ‘टाटाले गाडी मात्रै ल्याएको छैन, इनोभेसनको प्याकेज पनि ग्राहकहरुलाई पास अन गरेको छ । यस्तै इभीको रेन्जमा पनि धेरै उत्पादन बजारमा ल्याएको छ । कर्भ इभी धेरै हिसाबले उत्कृष्ट छ ।’
उनले ईभीका लागि चाहिने इकोसिस्टमसमेत तयार पारेको बताए । ईभी गाडीका लागि टाटाले ४५ जिल्लामा चार्जिङ स्टेशनसमेत बनाएको उनले बताए ।
खन्डेलवालले कर्भ इभीले अटो बजारमा नयाँ मानक स्थापित गर्ने दाबी गर्दैै नेपाली सडकका लागि राम्रो मानिने बताए । कर्भ इभी ४.३ मिटर लम्बाइ भएको कुप एसयूभी हो । यसमा २.५ मिटरको ह्वीलबेस र १९३ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।
बुट स्पेस ५०० लिटरको छ । अगाडि फ्रन्कमा ११.६ लिटरको स्पेस छ । जहाँ ल्यापटप ब्याग पनि राख्न सकिन्छ । यसको टर्निङ रेडियस ५.३ मिटरसम्मको छ ।
यसमा अगाडि पछाडि दुवै डिस्क ब्रेक उपलब्ध छ । यस्तै १७ र १८ इन्चको एलोय ह्वील भएको टायर तथा ५ जनाको सिट क्षमता छ । कुपे डिजाइनले एसयूभीमा नयाँ सेगमेन्ट थपिएको छ ।
गाडीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री प्याक छ । ब्याट्रीमा पानी र धुलो छिर्दैन । आईपी ६७ अर्थात इन्ग्रेस प्रोटेक्सन मापन गरी ब्याट्री प्रमाणित गरिएको छ । आईपी ‘६’ले डस्ट र ‘७’ ले वाटर प्रोटेक्सनलाई जनाउँछ। कर्भ इभीको एक्सिलेरेसनले ८.६ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ।
टाटाले गाडीमा मल्टी ड्राइभ मोड पनि प्रदान गरेको छ । यसमा ७.२ किलोवाटको एसी फाष्ट चार्जर पनि उपलब्ध छ ।