गाजामा लडाइँ पुनः शुरु गर्न ‘कुनै पनि क्षण’ नेतन्याहु तयार
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
1.3k
Shares
काठमाडौँ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार इजरेल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः शुरु गर्न तयार रहेको बताएका छन् ।
नेतन्याहुले ‘वार्ताको माध्यमबाट वा अन्य माध्यमबाट’ युद्धका उद्देश्यहरू पूरा गर्ने बताएका छन् ।
“हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः शुरु गर्न तयार छौँ”, इजरेलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहूले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने ।
उनले थपे , “गाजामा हामीले हमासका अधिकांश सङ्गठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शङ्का छैन- हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ- चाहे वार्ताको माध्यमबाट होस् वा अन्य माध्यमबाट ।”