ट्रम्प-पुटिन भेटअघि प्राकृतिक स्रोतहरूमा छलफल गर्नुपर्ने जेलेन्स्कीको चाहना
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
1.7k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी नेता भ्लादिमिर पुटिन बीच हुने शिखर सम्मेलनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पसँग भेट्ने चाहना व्यक्त गरेका छन् ।
आइतबार जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलन गर्दै दुई नेताबीचको भेटअघि आफुले ट्रम्पसँग भेट्ने चाहना व्यक्त गरेका हुन् ।
ट्रम्प र पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने उनले बताएका छन् ।
“युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ । मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको अर्थ ट्रम्पले पुटिनलाई भेट्नुअघि”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भने ।