arrow

चर्च ब्वाइजलाई हराउँदै झापा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८१ फागुन १० शनिबार
jhapa-goldcup-e.jpg

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको चर्च ब्वाइज विरुद्धको क्वार्टरफाइनल खेलमा चर्चलाई २-१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो ।
 
मेची रङ्गशालामा भएको खेलको पहिलो हाफ १-१ गोलको बरावरीमा सकिएको थियो । दोश्रो हाफमा झापाले थप एक गोल गरी विजयी भएको हो  ।

आइतबारको तेस्रो क्वार्टरफाइनलमा न्यूरोट टिम एनआरटी र बंगलादेशको काउरन बाजार फुटबल टिम खेल्नेछन् । 

मेची रंगशालामा हुने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ  । 

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । 

प्रतियोगितामा चार विदेशीसहित १० टिमले सहभागीता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ