arrow

चार सय केभी लप्सीफेदी सबस्टेसन यसरी बन्दैछ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
lapsiboat-substation-81-(15.jpg

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ। तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित ४००–२२०, २२०–१३२ र १३२–११ केभी तहको लप्सीफेदी सबस्टेशन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको हो ।
 
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालगायत स्थानीयको जग्गा अधिकरण र मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीय अहिले पनि विरोधमै रहेका छन् ।

निर्माणाधीन खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००–२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवन लगायतका सिभिल संरचना निर्माण करिब ४० प्रतिशत सकिएको छ ।

सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरण आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ।

तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत २२०–१३२ र १३२–११ केभी तहका सबस्टेसनका सिभिल संरचना निर्माण ५० प्रतिशत सकिएको छ।

उपकरण आपूर्ति ९८ प्रतिशत भइसकेको छ। सिभिल संरचना निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणको जडान सुरु हुनेछ। 

तामाकोसी-काठमाडौँ २२०-४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ।

प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा गरिएको छ। करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ।

त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । उक्त टावरहरु लप्सीफेदी क्षेत्रमै पर्दछन्। करिब ४२ किलोमिटर तार तानिएको छ। तामाकोशी–काठमाडौँ प्रशारण लाइन निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो। 

lapsiboat-substation-81 (1).jpg
lapsiboat-substation-81 (2).jpg
lapsiboat-substation-81 (3).jpg
lapsiboat-substation-81 (4).jpg
lapsiboat-substation-81 (5).jpg
lapsiboat-substation-81 (6).jpg
lapsiboat-substation-81 (7).jpg
lapsiboat-substation-81 (8).jpg
lapsiboat-substation-81 (9).jpg
lapsiboat-substation-81 (10).jpg
lapsiboat-substation-81 (11).jpg
lapsiboat-substation-81 (12).jpg
lapsiboat-substation-81 (13).jpg
lapsiboat-substation-81 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ