arrow

आयो च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र, कसको भिडन्त कोसँग ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
champions-league-logo.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड १६ को ड्र सम्पन्न भएको छ ।

शुक्रबार भएको ड्र अनुसार रियाल मड्रिडले एथ्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाएको छ । च्याम्पियन्स लिगको यस सिजनको राउण्ड अफ १६ को यो खेल मड्रिड डर्बी हुने भएको हो ।

त्यस्तै आर्सनलको भिडन्त नेदरल्याण्ड्सको क्लब पीएसभी आइन्डहोभनसँग हुने भएको छ । त्यस्तै पीएसजीको सामना लिभरपुलसँग हुने भएको छ भने एस्टन भिल्लाले क्लब ब्रुगेसँग खेल्ने भएको छ ।

त्यसैगरी बार्सिलोनाले बेनेफिकासँग खेल्ने छ भने बोरुसिया डर्टमण्डले लिलेसँग खेल्ने भएको छ । त्यस्तै बायर्न म्युनिखको भिडन्त बायर लिभरकुसनसँग हुने भएको छ भने इन्टर मिलानले राउण्ड १६ मा नेदरल्याण्डसको फेयनूर्डसँग खेल्ने भएको छ ।

राउण्ड १६ को पहिलो लिग मार्च ४ र ५ मा हुने छ भने दोस्रो लिगका खेल मार्च ११ र १२ मा हुने यूइएफएले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ