arrow

भद्रपुर झापा गोल्डकपमा आयोजक सेमिफाइनलमा, पुलिस बाहिरियो

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
jhapa-goldcup-81x.jpg

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो । 

विजेता टिमका लागि दुवै गोल मिलन राईले गरे । राईले खेलको ७२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए । पहिलो गोल भएको दुई मिनेटपछि राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । 

पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले सान्त्वना गोल फर्काए । 

ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भए । 

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल शनिबार हुनेछ । शनिबार दिउँसो झापा–११ र चर्च व्वाइज युनाइटेड खेल्नेछन् । 

पहिलो खेलमा झापाले मछिन्द्र फुटबल क्लबलाई हराएको थियो । चर्च ब्वाइजले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो । 

प्रतियोगिताका ४ देशका १० टिम सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ