झापा गोल्डकप शुरू, भद्रपुरले हरायो भारतीय टिमलाई, आज झापा र मछिन्द्र भिड्दै
युवराज रेग्मी,
प्रकाशित २०८१ फागुन ८ बिहिबार
769
Shares
झापा । भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । भद्रपुरमा बुधबार भएको उद्घाटन खेलमा आयोजकको टिम भद्रपुर व्लेजर्स विजयी भएको छ ।
भद्रपुर व्लेजर्सले पाहुना टोली भारतको दार्जिलिङ पुलिस टिमलाई हरायो । भद्रपुर ४–३ ले विजयी भएको हो ।
यसअघि प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स तथा ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरले मुख्य प्रायोजन गरेको छ ।
भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको समर्पणमा गरिएको फुटबल प्रतियोगिता फागुन१६ गतेसम्म संचालन हुने महासचिव जिवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ४ देशका १० टोली सहभागी छन् ।
बिहीबारको दोस्रो खेलमा झापा ११ र मछिन्द्र क्लब भिड्दै छन् ।