arrow

झापा गोल्डकप शुरू, भद्रपुरले हरायो भारतीय टिमलाई, आज झापा र मछिन्द्र भिड्दै

logo
युवराज रेग्मी,  
प्रकाशित २०८१ फागुन ८ बिहिबार
jhapa-goldcup-81a.jpg

झापा । भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । भद्रपुरमा बुधबार भएको उद्घाटन खेलमा आयोजकको टिम भद्रपुर व्लेजर्स विजयी भएको छ ।
 
भद्रपुर व्लेजर्सले पाहुना टोली भारतको दार्जिलिङ पुलिस टिमलाई हरायो । भद्रपुर ४–३ ले विजयी भएको हो । 
 
यसअघि प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स  तथा ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरले मुख्य प्रायोजन गरेको छ ।

भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको समर्पणमा गरिएको फुटबल प्रतियोगिता फागुन१६ गतेसम्म संचालन हुने महासचिव जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ४ देशका १० टोली सहभागी छन् । 

बिहीबारको दोस्रो खेलमा झापा ११ र मछिन्द्र क्लब भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ