बंगलादेश हिन्दूप्रति निर्दयी, पाँच महिनामा ३२ जनाको हत्या, १३ बलात्कार
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
1.6k
Shares
काठमाडौँ । बंगलादेश हिन्दू नागरिकप्रति निर्दयी बन्दै गएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाले सत्ता छाडेर भारत भाग्न बाध्य भएपछि गठित सरकार हिन्दूहरुप्रति थप क्रुर बनेको हो ।
उनले देश छाडेर भागेपछि हालत झन् बिग्रदै गएको छ । प्रहरीसमेत रातारात भूमिगत हुनुपर्यो । विधिको शासनको धज्जी उडाइएको छ ।
बंगलादेशमा पाँच महिनाको अवधिमा सबैभन्दा पीडित हिन्दू धर्मावलम्बी भएका छन् । पाँच महिनामा ३२ हिन्दूको हत्या भएको छ ।
त्यस्तै १३ जनालाई बलात्कार गरिएको छ । त्यहाँका १३३ मन्दिरमाथि तोडफोड भएको छ ।
अल्पसंख्यकहरुले उक्त रिपोर्ट तयार गरेका हुन् ।
आक्रमणमा सयौँ घाइते भएका छन् । हिन्दूहरुले आफूहरुको मन्दिर रक्षाका लागि सरकारलाई आग्रह गरेका छन् ।