काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रायो भाएकानोलाई १–० ले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। उनले २८ औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्न पुग्यो।
जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ। दोस्रो स्थानमा रहेको रियाल मड्रिडको पनि ५१ अंक भए पनि गोल अन्तरमा पछि परेको छ।
समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ। एथलेटिक क्लब र भिल्लारियल चौथो र पाँचौँ स्थानमा छन् ।
भएकानो २४ खेलमा ३५ अंकका साथ छैटौँ स्थानमा छ।
भ्यालेन्सिया, डेपोर्टिभो र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् ।