-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा विमान पल्टिएको छ । क्यानाडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान पल्टिएको हो ।
पियर्सन इन्टरनेशनल एयरपोर्टमा विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो । जसमा १८ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
जहाजमा चार चालक दलका सदस्यसहित ८० जना सवार रहेका थिए । मिडिया रिपोर्टअनुसार विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो आएको थियो ।
फ्ल्याप एब्चुएटर फेलियर (एफएएफ) का कारण विमान अचानक पल्टिएको हो । यसको मतलब विमानको पंखामा लगेका फ्लापले सही काम नगरेको हो ।
केहीले बरफसहितको तुफानका कारण विमानले लय गुमाएको बताएका छन् । क्यानाडा मौसम विभागका अनुसार ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलिरहेको थियो ।
अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन ।