arrow

पहिरोमा परी चीनमा १० को मृत्यु, १९ बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
china-landslide.jpg
तस्बिर – फाइल ।

बेइजिङ । दक्षिणपश्चिम चीनमा यस महिना पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने थप १९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

फेब्रुअरी ८ मा सिचुआन प्रान्तको यिबिन सहरमा भारी वर्षाले विपत्ति निम्त्याएको राज्य सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोमा परी दुई जना घाइते, १० घर पुरिएको र १०० हेक्टर बाली नष्ट भएका काउन्टीका अधिकारीहरुले बताएका छन् ।

पहिरोको समयमा राज्य प्रसारक सीसीटीभीको भिडियो फुटेजमा उद्धारकर्मीहरूले टर्चहरू लिएर अँध्यारोमा भग्नावशेष खोजिरहेको देखाइएको छ ।

चीन हालैका महिनाहरूमा चरम बाढीको चपेटामा परेको छ । गत वर्ष बाढीमा दर्जनौंको मृत्यु भएको थियो । एजेनसी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ