arrow

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा कीर्गिस्तानमाथि नेपालको जित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
nepal-vs-kyr-25-2-17.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता नेपालले विजयी शुरुआत गरेको छ । सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० ले हरायो । 

विमला चौधरीले खेलको ११ मिनेटमै गरेको हेड गोल नै निर्णायक बन्यो । खेल पूर्णतः नेपालको नियन्त्रणमा रहे पनि गोलका लागि भने संघर्षरत रहेको थियो ।

विमलाको यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन् ।

दोस्रो हाफमा सावित्रा भण्डारी साम्बा मैदानमा प्रवेश गरे पनि उनी गोल गर्नबाट चुकिन् ।

कीर्गिस्तानसँग नेपालले अहिलेसम्म एक खेल खेलेको थियो । सन् २०१९ कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपाल ८–२ को फराकिलो अन्तरले विजयी भएको थियो । 

अब नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लेबनानको सामना गर्नेछ ।

यसअघि उद्घाटन खेलमा म्यानमार विजयी भएको थियो । म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा म्यानमारले शुरुआती अग्रता लियो। थिन थइनगितुनले गोलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । 

६०औँ मिनेटमा लेबनान पनि खेलमा फर्कियो। मध्यभागबाट लयला इस्कान्डरले एक्लै बल बढाउँदै गोल गरिन्। 

७२औँ मिनेटमा म्यानमारले पुनः अग्रता लियो। स्वेय यी तुनले हेडरमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि म्याट नोए बिनाले अर्को गोल गर्दै टिमलाई जिताइन् । 

women-championship-25-2-17 (1).jpg
women-championship-25-2-17 (2).jpg
women-championship-25-2-17 (3).jpg
women-championship-25-2-17 (4).jpg
women-championship-25-2-17 (5).jpg
women-championship-25-2-17 (6).jpg
women-championship-25-2-17 (7).jpg
women-championship-25-2-17 (8).jpg
women-championship-25-2-17 (9).jpg
women-championship-25-2-17 (10).jpg
women-championship-25-2-17 (11).jpg
women-championship-25-2-17 (12).jpg
women-championship-25-2-17 (13).jpg
women-championship-25-2-17 (14).jpg
women-championship-25-2-17 (15).jpg
women-championship-25-2-17 (16).jpg
women-championship-25-2-17 (17).jpg
women-championship-25-2-17 (18).jpg
women-championship-25-2-17 (19).jpg
women-championship-25-2-17 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ