arrow

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल आजदेखि दशरथ रङ्गशालामा, नेपाल र कीर्गिस्तान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
women-football-25-2-17.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट काठमाडौँमा शुरु हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

आज हुने दुई वटा खेलमध्ये पहिलो खेलमा म्यान्मार र लेबनान खेल्दैछन् । यो खेल दिउँसो १ः३० बजेवाट शुरू हुनेछ । 

आजै हुने दोस्रो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । यो खेल साँझ ५ः३० बजेवाट शुरू हुनेछ । 

 फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ । हाल कीर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । कीर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपाल ८–२ को फराकिलो अन्तरले विजयी भएको थियो । 

खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताइन् । 

अहिलेृसम्म नेपालले कुनै पनि उपाधि जित्न सकेको छैन । 

 ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन् ।

 नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग प्रतिस्पर्धामा  उत्रनेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सोमवारदेखि शुरु हुने महिला फुटबल च्याम्पियनसिपका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।
चार देश सम्मिलित महिला च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजदेखि हुन लागेको हो । नेपालले कीर्गिस्तानसँग खेल्दै विजयी शुरुआत गर्ने लक्ष्य राखेको छ । 

उक्त खेलमा स्टार स्ट्राइकर साबित्रा भण्डारी भने नेपाली टोलीसँग उपलब्ध हुने छैनन् । उनी सोमबार नै फ्रान्सबाट स्वदेश फर्कने भएकाले आराम गर्ने प्रशिक्षक तामाङको भनाइ छ । 

तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी कीर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर उत्रने बताएका छन् । बलियो टोलीको रूपमा खेल्दै विपक्षीको काउन्टर अट्याकको रणनीतिलाई रोक्नुपर्ने प्रशिक्षकले उल्लेख गरेका छन् । 

कीर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्ने भए पनि सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ । उनले भर्खरै अधिकांश खेलाडी लिग खेलेर आएकाले इन्डुरेन्समा धेरै काम गर्नु नपरेको बताएका छन् । 

नेपालको मुख्य समस्या खराब डिफेन्सलाई सुधार गर्न काम भैरहेको उनले उल्लेख गरे । साथै प्रशिक्षकले टिममा राम्रो टिम लिडर हुनुपर्नेमा जोड दिँदै आएको पनि बताएका छन् । उनले सहभागी टोलीमध्ये लेबनान र म्यानमार पनि बलियो रहेको बताए ।  

पछिल्लो भेटमा लेबनानसँग एउटा गल्तीले गोल बेहोरेको उल्लेख गर्दै प्रशिक्षकले यसपल्ट सुधार गर्ने आशा गरे । लेबनानसँग छिट्टै खेल रिड गर्नसक्ने क्षमता रहेकाले सचेत भएर खेल्ने प्रशिक्षक तामाङको योजना छ । तर उनीहरूमा इन्डुरेन्सको कमी रहेको त्यसको फाइदा लिने उनी बताउँछन् । उनले म्यानमार धेरै बलियो रहे पनि यसपल्ट आफ्नो टोली पनि राम्रो रहेकाले सकरात्मक नतिजा आउने बताएका छन् । 


एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनशिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । म्यानमारबाहेक दुई टोली कीर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरियतामा तलका टोली हुन् । नेपाली टोलीका प्रशिक्षक र कप्तान सबै टोली बलियो रहेको उल्लेख गर्छन् । 

कीर्गिस्तानका प्रशिक्षक नेमातझन जाकिरोभले यो प्रतियोगिता खेल्न पाउँदा आफू उत्साहित रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताए । साथै उनले विपक्षलाई सम्मान गर्दै टिम युनिटीका साथ राम्रो फुटबल प्रश्तुत गर्ने उल्लेख गरेका छन् । 

प्रशिक्षकले नेपालको यू–१६ युथ लिगको फुटबल हेरेको उल्लेख गर्दै त्यो अनुभव पनि आफूहरूको लागि रमाइलो रहेको बताए । खेलमा राम्रो दर्शक आउने पनि उनले अपेक्षा गरेका छन् । 

कीर्गिस्तानकी कप्तान अबिबुल्लाह किजी दिल्नुराले आफ्नो युवा टोली उपाधि जित्नको लागि आएको बताइन् । यदि उपाधि जित्न सफल भएन भने राम्रो अनुभवी लिँदै फर्कने पनि उनको भनाइ छ । 

लेबनानका प्रशिक्षक वाइल घार्जेडिन्नेले आफ्नो टोलीमा अधिकांश विदेशी भूमिमा खेल्ने खेलाडी र युवा रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताएका छन् । खेलाडीहरूबीच राम्रो तालमेलसहित खेल्ने उनको विश्वास छ । 

उनले नेपाली टोली बलियो रहेको उल्लेख गर्दै वाफमाभन्दा अहिले सुधारबारे थप जानकारी हुने बताए । घरेलु टोलीलाई केही दबाब हुने भए पनि आफूहरू बिना दबाब खेल्ने उनको विश्वास छ । 


लेबनानकी कप्तान नाथाली माटरले आफ्नो टोलीमा अधिकांश खेलाडी विदेशीमा खेल्ने भएकाले उनीहरूबीच राम्रो तालमेल मिलाउन यो प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरेकी छन् । 

म्यानमारका प्रशिक्षक टेटसुरो युकीले आफ्नो टोली पिफा ¥याङकिङमा माथि भए पनि विपक्षले पनि राम्रो तयारी गरेर आएकाले सजक भएर खेल्ने बताएका छन् । नेपाली टोली धेरै राम्रो रहेकाले उनीहरूविरुद्ध राम्रो खेल्ने पनि उनको योजना छ । 

म्यानमारकी कप्तान विन थिइङ्गी टुमले आफूहरूले अन्य मैत्रीपूर्ण नखेल्ने भएकाले यो प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेकी छन् । 

गत कात्तिकमा महिला साफ च्याम्पियनशिपको फाइनलमा पराजित भएको तीन महिनापछि नै नेपाली टोली घरेलु मैदानमा नै यो प्रतियोगिता खेल्न लागेको हो ।  गत कात्तिक १४ गते दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बाङ्लादेशसँग ३–१ ले पराजित भएको थियो ।

 यससँगै नेपाली महिला टोली १२औं वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । यसपल्ट भने नेपाली टोलीले त्यो खराब लयलाई दोहो¥याउन चाहँदैन । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप यो प्रतियोगिता खेलेको हो । 
प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्पm पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । प्रतियोगिताका लागि दुई करोड ५० लाख ७६ हजार अनुमानित बजेट रहेको एन्फाको भनाइ छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ