-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आर्सनलसँगको अंक दूरी बढाएको छ ।
गएरातिको खेलमा वुल्भस्लाई २–१ ले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग ७ अंकको अन्तर बनाएको हो ।
लिभरपुलका लागि लुइस डियाज र मोहम्मद सलाहले एक एक गोल गरे ।
गएरातिको अर्को खेलमा टोटनह्याम हट्सपरले घरेलु मैदानमा म्यानचेष्टर युनाइटेडलाई १–० ले हरायो ।
जेम्स म्याडिसनले खेलको १३ मिनेटमै निर्णायक गोल गरेका थिए ।
अंक तालिका
२५ खेलबाट लिभरपुल ६० अंकसहित शीर्ष स्थानमा रहेको छ । आर्सनल २५ खेलबाट ५३ अंकसहित दोस्रो स्थानमा छ भने नटिंघम फरेस्ट ४७ अंकसहित तेस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटी ४४ अंकसहित चौथो स्थानमा रहेको छ । बर्नमाउथ ४३ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
टोटनह्याम ३० अंकसहित १२ औँ र म्यानयु २९ अंकसहित १५ औँ स्थानमा रहेको छ ।
इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा रहेका छन् ।