arrow

चिनियाँसँग खेल्दा आशिषको खुट्टा तीन ठाउँमा भाँचियो, शल्यक्रिया हुँदै, आठ महिना मैदान बाहिर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
ashish-rai-chinese-team.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको खुट्टा भाँचिएको छ । चिनियाँ टिमसँगको मैत्रिपूर्ण खेलमा उनको खुट्टा भाँचिएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीका खेलाडीको ट्याकलमा परेका थिए । उनको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

बायाँ खुट्टाको नली तीन ठाउँमा भाँचिएपछि उनको बीएन्डीमा शल्यक्रिया हुँदैछ । ३७औं मिनेटमा युनानका मोरी मेडेले उनीमाथि ट्याकल गरेका थिए । उक्त ट्याकलपछि 

उनी मैदानमै छटपटाएका थिए। उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमा मैदान बाहिर निकालिएको थियो।

त्यहाँबाट सानेपास्थित स्टार हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बीएन्डबी लगिएको हो । 

शाहले उनलाई निको हुन झण्डै आठ महिना लाग्ने भन्दै त्यतिन्जेलको सम्पूर्ण खर्च एन्फाले बेहोर्ने बताए । 

चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेल नेपालले २–० ले हारेको थियो । 

nepal-chinese-football-25-2-15 (1).jpeg
nepal-chinese-football-25-2-15 (2).jpeg
nepal-chinese-football-25-2-15 (3).jpeg
nepal-chinese-football-25-2-15 (4).jpeg
nepal-chinese-football-25-2-15 (5).jpeg
nepal-chinese-football-25-2-15 (6).jpeg
nepal-chinese-football-25-2-15 (7).jpeg
nepal-chinese-football-25-2-15 (8).jpeg
nepal-chinese-football-25-2-15 (9).jpeg
nepal-chinese-football-25-2-15 (10).jpeg
nepal-chinese-football-25-2-15 (11).jpeg
nepal-chinese-football-25-2-15 (12).jpeg
nepal-chinese-football-25-2-15 (13).jpeg
nepal-chinese-football-25-2-15 (14).jpeg
nepal-chinese-football-25-2-15 (15).jpeg
nepal-chinese-football-25-2-15 (16).jpeg
nepal-chinese-football-25-2-15 (17).jpeg
nepal-chinese-football-25-2-15 (18).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ