arrow

बुन्डेसलिगामा शीर्ष टिमहरु बायर्न म्युनिख र बायर लिभरकुजेनले खेले बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
bayern-bayer-25.jpg

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा शीर्ष दुई क्लबहरु बायर्न म्युनिख र बायर लिभरकुजेनले बराबरीको खेल खेलेका छन् । 

गएराति लिभरकुजेनको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीले बायर्नको शीर्ष स्थान कायमै छ भने बायर दोस्रो स्थानमा यथावत् छ । 

अन्य खेलमा अजबर्गले आरबी लेप्जिगसँग गोलरहित बराबरी खेल्दा सेन्ट पाउलीले फ्रेइबर्गसँग १–० को हार बेहोर्यो । युनियन बर्लिनले घरे्लु मैदानमा बोरुसिया एमग्लाडबाचसँग २–१ को तथा भीएफबी स्टुटगार्टले घरेलु मैदानमा वुल्भसबर्गसँग २–१ को हार बेहोर्यो । बोरुसिया डर्टमन्ड भीएफएल बोचुमसँग २–० ले पराजित भयो । 

अंक तालिका 
२२ खलबाट बायर्न म्युनिख ५५ अंकसहित शीर्ष स्थानमा छ । बायर ४७ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको इन्टर्याट्च फ्रयांकफर्टको ३९ अंक छ । 

भीएफए बोकुम र होस्टेन काएल रेलिगेशन क्षेत्रमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ