आर्सनल र म्यानसिटी विजयी, लिभरपुल वुल्भविरुद्ध भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
593
Shares
काठमाडौँ । इङ्गलिशि प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिभरपुलले वुल्भससँग र टोटनह्याम हट्सपरले म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।
लिभरपुल बेलुकी पौन ८ बजे हुने खेल घरेलु मैदानमा जितेर शीर्ष स्थानलाई फराकिलो बनाउन चाहन्छ । कमजोर वुल्भस भने रेलिगेशन क्षेत्रभन्दा टाढा रहने प्रयासमा छ ।
त्यस्तैराति १०ः१५ बजे टोटनह्यामले म्यानयुसँग खेल्दैछ । दुवै टिम यसपालि खराब लयबाट गुज्रिएकाले स्थान सुधारको प्रयासमा हुनेछन् ।
यसअघि गएरातिको खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । आर्सनलले लेस्टर सिटीलाई २–० ले हरायो ।
आर्सनललाई जिताउन माइकेल मेरिनोले दुवै गोल गरे । त्यस्तै म्यानसिटीले न्यूकासल युनाइटेडलाई ४–० ले हरायो । ओमर मामोउशले ह्याट्रिक गरे ।
अन्य खेलमा एस्टन भिल्लाले इप्सविच टाउनसँग १–१ को बराबरी खेल्दा फुल्हमले नटिंघम फरेस्टलाई २–१ ले हरायो ।
बर्नमाउथले साउथह्याम्पटनलाई ३–१ ले, ब्रेन्टफोर्डले वेष्ट ह्याम युनाइटेडलाई १–० ले तथा एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । चेल्सी ब्राइटनसँग ३–० ले पराजित भयो ।
अंक तालिका
२४ खेलबाट लिभरपुल ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ । आर्सनल २५ खेलबाट ५३ अंकसहित दोस्रो स्थानमा छ भने नटिंघम फरेस्ट ४७ अंकसहित तेस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटी ४४ अंकसहित चौथो स्थानमा रहेको छ । बर्नमाउथ ४३ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा रहेका छन् ।