arrow

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
can-cricket-association-of-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी फागुन १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ।

मुख्य प्रशिक्षकका लागि कम्तीमा ईसीबी वा सीएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तीमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव हुनु पर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडीआई साइकलबारे जानकार हुनुपर्ने क्यानले जनाएको छ।

भारतीय प्रशिक्षक मोन्टि देसाईसँगको दुई वर्षे स्म्झौता सकिएपछि उनी फर्केका थिए । त्यसयता क्यानले प्रशिक्षक राखेको छैन । 

देसाई ड्रेसिङ रुम सधै आत्मिय राख्नुपर्नेमा जोड दिने प्रशिक्षक हुन् । उनले नेपालको एक दिवसीय वरीयता जोगाएका थिए । नेपालले उनकै कार्यकालमा पहिले पटक विश्वकप छनोटमा सिधै खेल्ने अवसर पाएको थियो । 

त्यस्तै नेपालले टी–२० विश्वकप खेल्ने अवसर पायाे भने पहिलो पटक एसिया कप खेल्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ