arrow

तरुण दलको पूर्णकालीन सदस्य वितरण गर्न जिल्ला कार्यसमितिलाई परिपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
tarun-dal-flag.jpg

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन् ।

शुक्रबार सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर भनिएको छ ‘नेपाल तरुण दलको पूर्ण सदस्यता २०८१ फागुन १ गतेबाट वितरण सुरु गर्ने र पूर्ण सदस्यता दलको जिल्ला कार्यसमितिबाट मात्रै वितरण गरिने भएकोले पूर्ण सदस्यता फारम दलको केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क गरी लग्नु होला ।’

‘दलको जिल्ला कार्यसमितिले जिल्लाभित्रका केन्द्रीय कार्यासमितिका सदस्यहरूको समन्वय र उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसी पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाई प्रतिनिधिहरू वडा तथा पालिकाहरूमा खटाउनु होला’, अध्यक्ष गुरुङले परिपत्रमा भनेका छन् ।

परिपत्रमा भनिएको छ, ‘वितरण गरिएका पूर्ण सदस्यताका सम्पूर्ण फारमहरू वडा–वडाबाट संकलन गरि जिल्ला कार्यसमितिको निर्णयसहित प्रतिसदस्यत एक सय लेवीसहित २०८१ फागुन २९ गतेसम्म स्वीकृतिको लागि दलको केन्द्रीय कार्यालयमा पठाउनु होला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ