काठमाडौँ। भारतको अग्रणी इलेक्ट्रिक सवारी निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिको सहयोगमा नेपाली बजारमा नयाँ टियागो इभी २०२५ मोडलको डेलिभरी सुरु गरेको छ। अत्याधुनिक डिजाइन, थप प्रविधि, र आकर्षक रङ्गका साथै यो इलेक्ट्रिक ह्याचब्याक पहिले जस्तै सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खाँडेलवालले भने, "नेपालमा टियागो इभीको भव्य स्वागतले हामीलाई यो नयाँ मोडेल ल्याउन प्रेरित गर्यो। यसले क्लच र गियरको झन्झट नरही आरामदायी, सजिलो ड्राइभिङ, पार्किङ सुविधा र पर्यावरणमैत्री विशेषताले ग्राहकहरूको मन जितेको छ। हामी विश्वस्त छौँ कि २०२५ मोडलले नेपालको सबैभन्दा विकृत इलेक्ट्रिक ह्याचब्याकको रूपमा आफ्नो स्थान कायम राख्नेछ।"
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जोड दिए, "टियागो इभी नेपालमा सुरक्षित, सहज र आधुनिक इलेक्ट्रिक यात्राको पर्याय बनेको छ। नयाँ मोडेलमा रङ्ग, डिजाइन, प्रविधि र सुरक्षा अद्यावधिक गरिएको छ। यसले ग्राहकहरूको अपेक्षा पूरा गर्ने विश्वास छ।
डिजाइन: स्लिक एलइडी हेडल्याम्प, हाइपरस्टाइल पाङ्ग्रा र डिएलआरले स्पोर्टी र आधुनिक रूप।
बुकिङ र जानकारी:
गाडी अग्रिम बुक गर्न ९८०१०१३४६९ मा सम्पर्क वा यस लिङ्क मार्फत अनलाइन सुविधा उपलब्ध छ। सिप्रदीको शोरुमहरूमा नयाँ मोडेल हेर्न र टेस्ट ड्राइभको लागि पनि पहुँच गर्न सकिने छ।
यसैसँग, टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक मोबिलिटी बढाउने र सहरी यातायातलाई हरित बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।