arrow

एक साता लामो ओमान भ्रमणमा निस्किइन् परराष्ट्र मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
arju-rana-29.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् ।

एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । 

भ्रमणको दौरान मन्त्री डा राणाले ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिनेछिन् ।

भ्रमणका क्रममा मन्त्री डा राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । 

साथै उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

परराष्ट्र मन्त्री डा राणाले खाडी सहयोग परिषद् (जिसिसी) राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक गर्नेछन्। साथै मस्कटमा रहँदा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ