काठमाडौँ। टाटा मोटर्सको नेपाली आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो ७ सिटर एसयूभी आरामदायी, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको मिश्रणले युक्त छ। कम्पनीले यसले लक्जरी एसयूभी रुचाउने ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ।
नयाँ टाटा सफारीको नेपालमा विक्री र वितरण बारे सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले भने, “हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्तै खुसी छौँ। ल्यान्ड रोभरको डिड प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाइन र कार्यक्षमता उत्कृष्ट छ। नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता र जीवनशैलीसँग मेल खाने यो गाडी लक्जरी ७ सिटर खोज्ने ग्राहकहरूको पहिलो रोजाइमा पर्नेमा हामी विश्वस्त छौँ।”
नयाँ टाटा सफारीमा डुअल-जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा सहित ६ तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट, अगाडि भेन्टिलेटेड सिट, १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्विटर + सबउफर), मुड लाइटिङ सहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ, र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) लगायतका सुविधाहरू उपलब्ध छन्।
सुरक्षाको दृष्टिकोणले नयाँ टाटा सफारीले ग्लोबल एनसीएपीबाट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यसले नेपाली सडकको लागि पनि उपयुक्त र सुरक्षित एसयूभीको रूपमा आफूलाई प्रस्तुत गरेको छ।
यसका अतिरिक्त, ३६०°को सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, र ७ वटा एयरब्याग जस्ता विशेषताहरूले यस गाडीलाई अझ बढी आकर्षक बनाएको छ। नयाँ टाटा सफारीको सुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ।
सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरू मार्फत नयाँ सफारी अवलोकन र टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ।