arrow

चार कक्षाका विद्यार्थीको गालामा तातो पन्यूले डाम्ने स्कूलकी लेखापाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
pravat-school-ghatana.jpg

पोखरा । तनहुँको भीमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलकी लेखापाल शुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीकाे गालामा तातो पन्यूले डामेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी, प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार लेखापाल श्रेष्ठले मंगलबार बिहान ११ः३० बजे विद्यार्थीले होहल्ला गरेको भन्दै खाना पकाउने तातो पन्यूले डामिदिएकी थिइन् । उनले चार जना बालकको गालामा डामेदिइकीमा एक बालक गम्भीर भएको बताइन्छ ।

लेखापाल श्रेष्ठ विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरीसमेत भएको खुलेको छ ।

उनीविरुद्ध बालबालिकाको विरुद्धको कसुरमा अदालतमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकरी दिए ।

घटना सार्वजनिक भएपछि विद्यार्थी संगठनले श्रेष्ठलाई कार्वाहीको माग गरेका थिए भने केही विद्यार्थी र अभिभावकले भीमाद बजारमा विरोध प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ