देशमा समयमै न्याय पाउन निकै गाह्रो छ - बालेन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
490
Shares
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेनले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । उनले अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरूपण गर्ने गरेको बताए । उनले काठमाडौँ महानगरको न्यायिक समितिबाट अदालतहरू समेत छिटो न्याय निरूपण गर्न प्रेरित हुने विश्वास व्यक्त गरे ।
बालेनले भने, ‘हाम्रो देशमा न्याय पाउनुभन्दा पनि न्याय समयमै पाउन निकै गाह्रो छ । स्थानीय सरकार घर नजिकको सरकार भएको हुनाले छिटो न्याय पाइन्छ भनेर नेपाली जनताले हाम्रो समितिमा आइदिनुभयो । जसरी यहाँ न्याय निरूपण हुन्छ, जनताले न्याय पाउँछन् त्यसैगरी अदालतहरूबाट पनि न्याय पाइयोस् ।’
महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण गरिएको जानकारी दिइन् । उनले कुल ६०८ वटा विवाद निरूपण हुँदा ३२६ वटा विवादमा निर्णय भएको र बाँकी १४१ विवाद मेलमिलापको माध्यमबाट समाधान भएको उल्लेख गरिन्।