arrow

एलिना चौहानले गरिन् सम्बन्धविच्छेद, पूर्वपतिलाई दिइन् शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
elina-chauhan-divorced-81-10-29.jpg

काठमाडौँ । अन्ततः गायिका एलिना चौहानको सम्बन्ध बिच्छेद भएको छ । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

उनले सम्बन्धविच्छेद भएका आफ्ना पूर्व पति विष्णु सापकोटालाई शुभकामनासमेत दिएकी छिन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, 
‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन । जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखि स्वतन्त्र भएर कानूनी रुपमै आ–फ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ